अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेले बोलायो साउन ५ गते एमाले केन्द्रीय समिति बैठक

एमालेले बोलायो साउन ५ गते एमाले केन्द्रीय समिति बैठक


काठमाडौँ-नेकपा एमालेले आगामी साउन ५ गते केन्द्रीय समिति बैठक बोलाएको छ। आज बसेको केन्द्रीय सचिवालय बैठकले २०८२ साउन ५ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयाे।

त्यसअघि २ गते पोलिटव्यूरो बैठक बस्ने उपमहासचिव ज्ञवालीले बताउनुभयाे। उहाँले बैठकले विधान संशोधन प्रस्ताव तयार पार्ने बताउनुभयाे। उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव तयार गर्नेछन्। ती प्रस्तावहरू विधान महाधिवेशनमा प्रस्तुत हुनेछन्। विधान महाधिवेशनको बाँकी काम केन्द्रीय कार्यालयले गर्नेछ। 

साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकअघि साउन २ गते पोलिटब्युरो बैठक बस्नेछ । केन्द्रीय कमिटी बैठकले पारित गरेको विधान संशोधन प्रस्ताव सुझावका लागि तल्ला कमिटीमा लैजानेछ ।

एमालेको विधान महाधिवेशन भदौं २० देखि २२ गतेसम्म हुँदैछ।