अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले सचिवालय बैठक

सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी: एमाले

सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी: एमाले


काठमाडौँ-नेकपा (एमाले)को आजको केन्द्रीय सचिवालयको बैठकले वर्तमान सरकारको एक वर्षको अवधिलाई सन्तोषजन, सफल र प्रभावकारी भएको मूल्याङ्कन गरेको छ।

प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको बैठकमा मुलुकमा स्थिरता र सुशासनको लक्ष्यका साथ ठुुला दलको सहभागितामा गठित सरकारले स्थिरता कायम गर्दै आफ्नो गन्तव्यमा प्रभावकारिता वृद्धि गर्दै लगेको निष्कर्ष निकालेको हो।

एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले सुशासन र सेवा प्रवाहका क्षत्रमा ध्यान दिनुुपर्नेमा जोड दिइएको बताउँदै दैलेखमा मिथेन ग्यासको उत्खनन्को प्रारम्भिक प्रतिवेदन आउनु लगायतका काम थप उपलब्धिका विषय भएको निचोड निकालेको जानकारी दिनुभयो।