अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सरकारले लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने

सरकारले लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने


काठमाडौँ-सरकारले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने भएको छ। बिहीबार काठमाडौँमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले यस्तो घोषणा गर्नुभएकाे हाे ।

गृहमन्त्री मन्त्री लेखकले भन्रनुभयाे, ‘आउने आर्थिक वर्षमा गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिनेछ।’

सरकारले लागुऔषधको नियन्त्रणलाई उच्च प्राथमिकता दिएको र विभिन्न योजनाहरु बनाएर काम गरिरहेको पनि गृहमन्त्री लेखकले बताउनुभयाे।

हमन्त्री लेखकले लागुऔषधको विस्तार धेरै भएको र समाज यसबाट प्रभावित बनिरहेको बताउनुभयाे । देशभरमा कारागारमा रहेका कैदीबन्दीमध्ये दोस्रो सबैभन्दा ठुलो संख्यामा लागुऔषधको दुर्व्यसनी, भण्डारण, ओसारपसार गर्नेहरू रहेको बताउनुभयाे । 

गृहमन्त्री लेखकले मन्त्रालयमा आफू आइसकेपछि लागुऔषध नियन्त्रणमा धेरै चासो दिएर काम गरिरहेको बताउनुभयाे । लागुऔषध आफैँमा एउटा समस्या रहेको र यसले समाजमा अरू समस्या पनि सिर्जना गरिरहेको उनले बताउनुभयाे ।