काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको सबैभन्दा ठुलो सम्भावना भनेकै युवा जनसंख्या भएको बताउनुभएको छ । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको छैटौं बैठकलाई आज टोखामा सम्बोधन गर्दै पोखरेलले देशमा अहिले काम गर्ने सक्ने जनसंख्याको बाहुल्यता भएकोले यसलाई उपयोग गरेर देशमा समृद्धि हासिल गर्नुपर्ने उहाँले बताउनुभयो ।
‘अहिले देशमा काम गर्न सक्ने जनसंख्याको बाहुल्यता छ । यो नै देशको ठुलो सम्भावना हो’ महासचिव पोखरेलले भन्नुभयो ‘तर यो जनसंख्या विदेशमा छ । युवाहरु रोजगारीको खोजीमा विदेशमा पुगेका छन् ।’ विदेशमा भएको युवा जनसंख्यालाई कसरी स्वदेश फर्काउने भन्ने विषयमा ब्यापक बहस र तयारी गर्नुपर्ने उहाँले बताउनुभयो । नेपालमा केही नभएर मात्र युवाहरु बाहिर गएको नभइ विदेशमा रोजगारी गर्न जाने संस्कार लाहुरे संस्कृतिसँगै विकास भएको बताउनुभयो । पहिला पहिला युवाहरु गोर्खा भर्तीमा बेलायत र भारततिर जाने गरेकोमा पछिल्लो समय मलेसिया र अरबका देशहरुमा नेपाली युवाहरुको ठुलो संख्या पुगेको पोखरेलले बताउनुभयो ।
‘केही दशकअसिम्म कुल जनसंख्याको ७० प्रतिशत भन्दा बढी मानिसलाई कृषि पेशाले बाँधेर राखेको थियो तर अहिले त्यो अवस्था छैन’ महासचिव पोखरेलले भन्नुभयो ‘हामीले कृषिलाई भनेजस्तो गरी आधुनिकिकरण गर्न सकेनौ । पढालेखा युवाहरुले कृषि पेशा गर्र्नै छोडे । उनीहरु नजिकको गन्तव्यका रुपमा रहेका अरबका देशहरुमा जान थाले ।’
महासचिव पोखरेलले नेपाली युवाहरुलाई नेपालमै रोजगारी दिएर राख्न वर्तमन सरकारले प्रयत्न गरिरहेको बताउनुभयो । त्यसैको सुरुवातको रुपमा नौ वटा औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्तीको काम भएकोले अब चाँडै ति क्षेत्रहरु कार्यन्वयनमा आउने उहाँले बताउनुभयो ।
पोखरेलले नेपालीहरुमा विद्यमान रहेको उद्यम भन्दा रोजारी गर्ने मानसिकता पनि बदल्नु पर्ने बताउनुभयो । उद्यमशिलता विकास भएमा एकैजना मानिसले पनि धेरै जनालाई रोजगारी दिन सक्ने भएकोले त्यतातर्फ केन्द्रित हुने उहाँले युवाहरुलाई आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया