अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनौतीलाई सामना गरेर नै सफलता प्राप्त गर्न सकिन्छ: शंकर पोखरेल

चुनौतीलाई सामना गरेर नै सफलता प्राप्त गर्न सकिन्छ: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनौतीको सामना नगरी आन्दोलनको रक्षा र प्रगति गर्न नसकिने बताउनुभएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै महासचिव पोखरेलले चुनौतीसँग जुध्ने सङ्कल्पबिना सफलता सम्भव नहुने स्पष्ट पार्नुभएको छ। ‘चुनौतीलाई सामना गरेर नै सफलता प्राप्त गर्न सकिन्छ, चुनौतीबाट भाग्न खोज्नेले न आन्दोलनको रक्षा गर्न सक्छ, नत प्रगति नै,’ महासचिव पोखरेलले फेसबुकमा लेख्नुभएको छ ।

हालैको राजनीतिक अवस्था, पार्टीभित्रका बहस, जिम्मेवारीप्रति नेताहरूको भूमिकामाथि उठेका प्रश्नहरू र राष्ट्रिय राजनीतिमा एमालेको सक्रियता सन्दर्भमा महासचिव पोखरेलको यो भनाइ आएको हो।

महासचिव पोखरेलको सन्देशलाई पार्टी अनुशासन, नेतृत्वको दृढता र रणनीतिक समझदारीप्रति सङ्केतका रूपमा विश्लेषण गरिएको छ।