अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

त्रिवि ग्रामीण विकास केन्द्रीय विभागको प्रमुखमा डा.सुमन खरेल नियुक्त

त्रिवि ग्रामीण विकास केन्द्रीय विभागको प्रमुखमा डा.सुमन खरेल नियुक्त


काठमाडौं-त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास केन्द्रीय विभागको प्रमुखमा सहप्राध्यापक डा.सुमन खरेल नियुक्त हुनुभएको छ। 

सहप्राध्यापक डा. खरेलले १४ वर्ष अघि यो विभागमा उपप्रध्यापकको रुपमा सेवा प्रवेश गर्नुभएको थियो।

डा. खरेल २०७८ सालमा ग्रामीण विकास केन्द्रीय विभागमा उपप्राध्यापकबाट सहप्राध्यापकमा बढुवा हुनुभएको थियो। २०७८ सालबाट सहप्राध्यापकको रूपमा कार्यरत हुनुहुन्छ।

डा. खरेलले विभागलाई थप गुणस्तरीय शिक्षा प्रदान गर्ने विभागका रूपमा चिनाउन लागिपर्ने बताउनुभयाे। उहाँले भन्नुभयो‚ ‘ग्रामीण विकास विभागलाई अब प्रयोगात्मक र अनुसन्धानात्मक अध्ययनमा जोड दिने विभागका रूपमा अघि बढाउने योजना छ।’

ताप्लेजुङ जिल्लाको हाङ्पाङमा जन्मिएका डा. सुमन खरेलले २०६२ सालमा ग्रामीण विकास केन्द्रीय विभागबाट स्नातकोत्तर गर्नु भएको हो। उहाँले ग्रामीण विकास विषय अन्तर्गत स्थानीय सरकारको सार्वजनिक सेवा प्रवाह शीर्षकमा विधाबारिधी गर्नुभएको छ। डा. खरेल नेपाल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पनि हुनुहुन्छ।

डा. खरेलका ग्रामीण विकास, स्थानीय सरकार, सुशासन र विकास अध्ययन सम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय लेखहरू प्रकाशित छन्।