अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक

एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक


काठमाडौँ-२०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले जारी रहेको छ । भक्तपुरस्थित बोर्डको कार्यालयमा केही बेरअघिदेखि बैठक चलिरहेको हो । बैठक सकिएपछि शुक्रबार नै नतिजा सार्वजनिक हुने बताइएको छ । 

यसअघि परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले शुक्रबार साँझ साढे ५ बजे एसइई नतिजा सार्वजनिक गर्ने बताउनु भएकाे थियाे तर, बोर्ड बैठक बस्न ढिलाइ भएकै कारण नतिजामा पनि ढिलाइ हुने भएको हो । 

२०८१ को एसइई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।