काठमाडौँ-प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने भएकाे छ।
प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयाे ।
प्रधानमन्त्री ओली आज साँझ ६ बजे स्पेन भ्रमण जाँदै जाँदै हुुनुहुन्छ। सम्बोधनका क्रममा प्रधानमन्त्रीले भ्रमणबारे संसदमा जानकारी गराउनुका साथै समसामयिक विषयमा सम्बोधन गर्ने बताइएको छ।
संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन प्रस्थान गर्दै हुनुहुन्छ।
स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् ९एफएफडि–४०’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीको भ्रमण हुन लागेको हो ।
प्रतिक्रिया