अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आज साँझबाट तीन दिन अति भारी वर्षा हुने

आज साँझबाट तीन दिन अति भारी वर्षा हुने


काठमाडौं – सातवटै प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ । आजबाट तीन दिन पश्चिम नेपालमा धेरै वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । उच्च–पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

यसैबीच, आज शनिबार साँझदेखि सोमबार बिहानसम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका थोरै स्थानमा तीन दिन भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा समेत भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

बंगालको खाडी तथा अरबको सागरबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको साथै त्यस क्षेत्रहरूमा न्यूनचापीय प्रणालीको प्रभावको कारण तीन दिन मनसुन थप सक्रिय हुँदा धेरै वर्षा हुने भएको विभागले जनाएको छ ।