अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एसईई साउन २९ देखि एसईईको पूरक परीक्षा (हेर्नुहोस् परिक्षा तालिका)

एसईई साउन २९ देखि एसईईको पूरक परीक्षा (हेर्नुहोस् परिक्षा तालिका)


 काठमाडौं-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा आगामी साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने छ।

२०८२ असार १३ गते शुक्रबार प्रकाशित २०८१ सालको एसईई परीक्षाकाे नतिजाअनुसार यस वर्ष १ लाख ६७ हजार ५९७ जना विद्यार्थी ननग्रेड भएका छन्।

परीक्षार्थीले पुरानै प्रवेशपत्रबाट परीक्षा दिन पाउने बोर्डले जनाएको छ। यस्तै विद्यार्थीले नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण गर्न पनि सक्नेछन्। यसका लागि असार २३ गते बेलुकी ५ बजेसम्म आवेदन दिन सकिने बोर्डले जनाएको छ।

हेर्नुहाेस् बाेर्डकाे सूचना