अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनसंख्याको आधारमा बजेट विनियोजन हुनुपर्छः सांसद दाहाल

जनसंख्याको आधारमा बजेट विनियोजन हुनुपर्छः सांसद दाहाल


काठमाडौँ-राष्ट्रिय सभामा नेकपा एमाले सांसद तुलसा कुमारी दाहालले जनसङ्ख्याको आधारमा बजेट विनियोजन हुनुपर्ने बताउनुभएको छ। 

आइतबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद दाहालले यस्तो बताउनु भएको हो। सांसद दाहालले बजेट विनियोजनमा जनसंख्याको असन्तुलनलाई ध्यान दिनुपर्ने बताउनु भयो। सांसद दाहालले कहीँ जनसङ्ख्या पातलो हुने र कतै बढ्ने कुरालाई ध्यान दिएर सोही अनुसारको बजेट विनियोजन हुनुपर्नेमा त्यसो हुन नसकेको जिकिर गर्नुभयो। 

राष्ट्रिय जनसङ्ख्या नीति परिमार्जन गरी ग्रामीण क्षेत्रको आधारभूत विकासको आधारशिला र जनताको आधारभूत आवश्यकता परिपूर्तिको लागि ठोस योजना ल्याउन आवश्यक रहेको बताउनुभयो। 

सांसद दाहालले भन्नुभयो, ‘जनसङ्ख्याको असन्तुलनलाई ध्यान दिनुपर्छ। कहीँ जनसङ्ख्या पातलो हुने र कतै बढ्ने कुरालाई ध्यान दिएर सोहीअनुसारको बजेट विनियोजन भएको छैन। जनसङ्ख्याको आधारमा बजेट विनियोजन भएको छैन। यसै गरी राष्ट्रिय जनसङ्ख्या नीति परिमार्जन गरी ग्रामीण क्षेत्रको आधारभूत विकासको आधारशिला र जनताको आधारभूत आवश्यकता परिपूर्तिको लागि ठोस योजना ल्याउन आवश्यक छ।’

सांसद दाहालले खानेपानीका मुहानहरुको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो।