अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बालविकास सहजकर्तालाई योग्यताको आधारमा साधारण शिक्षक बनाउने व्यवस्था गर्नुपर्छ: सांसद भट्टराई

बालविकास सहजकर्तालाई योग्यताको आधारमा साधारण शिक्षक बनाउने व्यवस्था गर्नुपर्छ: सांसद भट्टराई


काठमाडौं-नेकपा (एमाले)की सांसद विद्या भट्टराईले बालविकास सहजकर्ताहरुलाई योग्यताको आधारमा साधारण शिक्षक बनाउन सकिने व्यवस्था गर्नुपर्ने प्रश्ताव राख्नु भएको छ।

आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा बोल्दै उहाँले यस्तो प्रस्ताव राख्नुभएको हो । उहाँले बालविकास सहजकर्ताको योग्यतालाई उनीहरूको वृत्ति विकाससँग जोड्न सक्नुपर्ने धारणा राख्नुभयो । उहाँले विद्यालय कर्मचारीको सम्बन्धमा पनि स्पष्ट कार्यसम्पादनको क्षेत्र निर्धारण हुनुपर्ने बताउनु भयो । 

सांसद भट्टराईले भन्नुभयो, ‘उहाँहरुको योग्यताको आधारमा उहाँहरुलाई साधारण शिक्षक बनाउन सकिन्छ भनेर हामीले पहिलेदेखि नै भन्दै आएका हौँ। यस्तो व्यवस्था गरेनौँ भने यो भार हुन्छ । यसतर्फ म मन्त्रालयको ध्यानाकर्षण गराउन चाहान्छु। उहाँहरुको योग्यतालाई कसरी उहाँहरुको योग्यतासँग जोड्ने भन्ने निष्कर्षमा हामी पुग्न सक्नुपर्छ।’