अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धान दिवशमा पूर्वराष्ट्रपति भण्डारी सन्देश: दिगो कृषि प्रणाली साझा लक्ष्य हुनुपर्दछ

धान दिवशमा पूर्वराष्ट्रपति भण्डारी सन्देश: दिगो कृषि प्रणाली साझा लक्ष्य हुनुपर्दछ


काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले धान दिवस कृषकको श्रम,प्रकृतिको आस्था, र समृद्धिके यात्राप्रतिको सामुहिक संकल्पको प्रतिक भएको बताउनुभएको छ।

राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै भण्डारीले दिनरात खतमा खटिएर काम गर्ने र सबैको भोक मेटाउने गरी अन्न उत्पादन गर्ने कृषकहरूमा सम्मान प्रकट गर्नुभएको छ।

पूर्व राष्ट्रपति भण्डारीले कृषिमा स्वावलम्बन,भूमिको संरक्षण र नयाँ पुस्ताको सहभागिता सुनिश्चित गर्दै धान लगायतका कृषि उपजमा आत्मनिर्भर हुनका लागि दिगो कृषि प्रणालीलाई लक्ष्य बनाएर अघि बढ्नुपर्नेमा भण्डारीको जोड छ।

कृषि मजदुरको अभाव,जलवायु परिवर्तन,सहरीकरण जस्ता चुनौतीका बीच पनि कृषि क्षेत्रमा नयाँ प्रविधि,बीउ सुधार,बजार पहुँच र कृषकलाई आत्मसम्मान सहितको जीवन दिनेतर्फ राज्यको ध्यान जानु आवश्यक रहेको भण्डारीको भनाइ छ।