काठमाडौँ-राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरे अवकाश भएका छन्। ४० वर्ष २ महिना ६ दिन निजामती सेवामा बिताएका घिमिरे आइतबारदेखि अनिवार्य अवकाशमा भएका हुन्।
२०८१ भदौ ७ मा महानिर्देशक नियुक्त हुनभएका घिमिरेको १० महिने कार्यकाल कमजोर र विवादास्पद रह्यो । संयोगवश, उहाँकै कार्यकालमा रामेश्वर खनाल संयोजकत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को सिफारिसअनुसार मन्त्रिपरिषद्ले २०८२ जेठ ६ मा राजस्व अनुसन्धान विभाग खारेज गर्ने निर्णय गर्यो ।
प्रतिक्रिया