अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित

प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित


काठमाडौँ-प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक-२०८२ पारित भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले उक्त विधेयक संसदमा पेश गर्नुभएकाे थियाे।

मन्त्री गुप्ताले उक्त प्रस्ताव पेस गरेसँगै आइतबारको संसद् बैठकमा व्यापक छलफलपछि सभामुख देवराज घिमिरेले विधेयक पारित भएको घोषणा गर्नुभयाे। ‘सङ्घीय निजामती सेवा विधेयक, २०८२’ आज प्रतिनिधि सभाबाट पारित भएको छ। संघीयताको सफल कार्यान्वयनका लागि आवश्यक कानुनी पूर्वाधारमध्ये यो विधेयक एक ऐतिहासिक र दूरगामी प्रभाव पार्ने नीतिगत प्रस्थानविन्दुको रुपमा लिएको छु।