काठमाडौँ-काठमाडौँस्थित बागमती नदी गौरीघाट जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउन आग्रह गरेको हो।
यसैगरी, प्युठान जिल्लाको हंसपुर वर्षामापन केन्द्र लगायत आसपासका क्षेत्रमा पछिल्लो १ घण्टामा भारी वर्षा मापन भएको छ। सो क्षेत्रका साना नदीहरूमा आकस्मिक बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ।

प्रतिक्रिया