अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

भौतिक मन्त्री दाहाल स्वदेश फिर्ता

भौतिक मन्त्री दाहाल स्वदेश फिर्ता


काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल टर्की भ्रमण पूरा गरी स्वदेश फर्कनु भएको छ।
टर्कीको इस्तानबुलमा आयोजित ग्लोबल ट्रान्सपोर्ट कनेक्टिविटी फोरम २०२५ मा भाग लिन गत बिहिबार उहाँ त्यस तर्फ जानु भएको थियो ।

मन्त्री दाहालले आफ्नो ईस्तानबुल भ्रमण फलदायी भएको बताउनुभयो । उक्त समारोहलाई सम्बोधनका क्रममा नेपाल लगायत भूपरिवेष्ठित मुलुकहरूको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड दिएको मन्त्री दाहालले बताउनुभयो ।
यस्तै सोहि भ्रमणका क्रममा मन्त्री दाहाल तथा त्यहाँका समकक्षी बीच भेटवार्ता भएको थियो । मन्त्री दाहाल र टर्कीका यातायात मन्त्री अव्दुल कदीर उरालोग्लु बीच दुई पक्षीय हितका बारेमा साइड लाइन वार्ता भएको थियो ।