अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक


काठमाडाैं-मन्त्रिपरिषद् बैठकले १५ निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यही असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकले १५ वटा निर्णय गरेको जानकारी दिनुभयो।

मन्त्री गुरुङले सार्वजनिक खरिद पुनरवलाेकन समितिकाे अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट र सदस्यहरुमा पूर्वसचिवहरु राेहितकुमार विसुराल तथा थानेश्वर गाैतमलाई नियुक्त गर्ने निर्णय बैठकले गरेको बताउनुभयो।

यसैगरी, बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानकाे रिक्त कार्यकारी निर्देशक पदमा रामशरण पुडासैनीलाई नियुक्त गर्ने निर्णय गरेकाे छ।

मन्त्री गुरुङले विदेशी विनिमय विधेयक तर्जुमाकाे लागि सिद्धान्त स्वीकृत गर्ने, सम्पत्ति व्यवस्थापन विधेयक तर्जुमाकाे लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय बताउनुभयाे।