अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुलिङ पिरियडमा चलखेल भयाे, स्वीकार्य हुँदैन: पदम गिरी

कुलिङ पिरियडमा चलखेल भयाे, स्वीकार्य हुँदैन: पदम गिरी


काठमाडौं-नेकपा एमालेका सांसद पदम गिरीले निजामती विधेयकमा गरिएको ‘छेडखानी’ बारे स्वीकार्य नहुने बताउनुभएकाे छ।

सभामुखसँग छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कुलिङ पिरियडबारे भएको छेडखानीले सिङ्गो संसदीय प्रक्रियालाई नै बदनाम गर्ने काम भएको भन्दै स्वीकार्य नहुने बताउनुभयाे।

उहाँले भन्नुभयाे, ‘हामीले लामो छलफलपछि कुलिङ पिरियड राख्ने सहमति गरेको थियौँ। तर, मुख्यसचिव, सचिव, सहसचिवहरूको हकमा लागू नहुने प्रकारको विधेयक सांसदबाट पारित भयो। यो गम्भीर षड्यन्त्र हो, सांसदमाथिको उपहास हो। सार्वभौम संसद् र समितिलाई धूलिसात बनाउनेका काम भयो।’

ऐनमा ‘बाहेक’ शब्द कहाँबाट थप्ने काम भएको त्यसको अनुसन्धान गरी निर्मम कारबाही गर्नुपर्ने बताउनुभयाे । उहाँले कुलिङ अफ पिरियडमा भएको शब्दको चलखेलबारे जिम्मेवार व्यक्तिहरूले राजीनामा दिनुपर्ने बताउनुभयाे।

उहाँले षड्यन्त्रपूर्वक सहमतिभन्दा बाहिर गएर शब्दमा चलेखेल गरिएको भन्दै आपत्तिसमेत जनाउनुभयाे। यसको छानबिन हुने र टुंगो नलागेसम्म राज्य व्यवस्था तथा सुशासन समितिको बैठक अघि बढ्न नसक्ने गिरीले बताउनुभयाे।

‘निष्कर्षमा पुगिसकेपछि जे सहमति भएको हो जस्ताको त्यस्तै जानुपर्छ,’ उहाँले भन्नुभयाे, ‘संसद्‍मा पेस भएर पास हुनुपर्दथ्यो। यहाँनेर षड्यन्त्र भयो, यो अत्यन्तै गलत काम भएको छ। भोलिका दिनमा छानबिनपछि टुंगो लाग्छ। यसको टुंगो नलागेसम्म राज्य व्यवस्था तथा सुशासन समितिको बैठक अघि बढ्दैन।’

सरकारले फागुन २०८० मा संसद्‍मा दर्ता गराएको विधेयकमा ‘संवैधानिक, कुटनीतिक नियुक्ति वा सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नेपाल सरकारको पूर्वस्वीकृति नलिई सेवा निवृत्त भएको मितिले दुई वर्षसम्म काम गर्नु नहुने’ व्यवस्था थियो।