अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘कुलिङ पिरयिड’मा भएको चलखेल गम्भीर र अशोभनीय अपराध: योगेश भट्टराई

‘कुलिङ पिरयिड’मा भएको चलखेल गम्भीर र अशोभनीय अपराध: योगेश भट्टराई


काठमाडौँ- नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभाका सदस्य योगेश भट्टराईले निजामती सेवा विधेयकमा भएको चलखेललाई गम्भीर अपराध भन्दै यसमा संलग्नलाई तत्कालै कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको छ।

सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले यस्तो माग गर्नुभएको हो। उहाँले संसदीय समितीले सर्वसम्मत रुपमा पारित गरेको प्रतिवेदनको मुलमर्म विपरितको दफा कसरी समावेश भयो भनेर प्रश्न गर्नुभएको छ। सचिव भट्टराईले यो प्रकरणमा अविलम्ब संसदीय छानविनको माग पनि गर्नुभएको छ। ‘दोषी उपर कडा कारबाही गरिनु पर्दछ। लोकतान्त्रिक प्रणालीमा संसदको नीतिगत मात्र होइन प्रक्रियागत सर्वोच्चता सर्वस्विकार्य मान्यता हो।’

यस विषयलाई सभामुख देवराज घिमिरेले लिएको चासोलाई उहाँले स्वागत गर्नुभएको छ। सचिव भट्टराईले लेख्नु भएको छ ‘सम्माननीय सभामुखज्यूले लिनुभएको चासो र सक्रियताको स्वागत गर्दछु। तत्काल छानविन र कारबाहीको प्रक्रियामा उहाँको थप प्रभावकारी पहलको अपेक्षा गर्दछु।’