अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘कुलिङ पिरियड’को व्यवस्था हेरफेर नियतवश कि त्रुटि हो पत्ता लगाउँछौं: सभामुख घिमिरे

‘कुलिङ पिरियड’को व्यवस्था हेरफेर नियतवश कि त्रुटि हो पत्ता लगाउँछौं: सभामुख घिमिरे


काठमाडौं-सभामुख देवराज घिमिरेले निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ पिरियड’को व्यवस्था हेरफेर नियतवश गरिएको हो कि त्रुटि हो भन्ने कुरा पत्ता लगाइने बताउनु भएकाे छ।

कुलिङ पिरियडका सन्दर्भमा गम्भीर कुरा आएपछि आफूले के भएको हो खोज्न सचिवालयलाई भनिसकेको पनि सभामुख घिमिरेले बताउनुभयाे।

सभामुख घिमिरेले भन्नुभयाे, ‘कुलिङ पिरियड बारेमा गम्भीरकुरा आएपछि के भएको हो खोज्न सचिवालयलाई भनिसकेको छु,किनभने गल्ती गर्न दिनु हुँदैन। नियतवश गलत कुराहरू लुकिछिपी, नियत नै राखेर यो कुरा गर्छु भनेर आउने विषय पनि भयो, राजनीति विषय र कानुन बनाउने कुराहरू हो, झुक्याउने कुरा हुनु हुँदैन। प्रतिवेदन एक खालको, यहाँ पारित गर्दा अर्को भयो भने त गम्भीर हुन्छ भन्ने मलाई लागेको थियो तर त्यस्तो भएको रहेनछ।’

सभामुख घिमिरेले निजामती सेवा विधेयकका त्रुटिलाई राष्ट्रिय सभाबाट र त्यसपछि प्रतिनिधि सभाबाट सच्याउन सकिने पनि बताउनुभयाे।