अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंसहित १५ जिल्लामा बाढीको जोखिम

काठमाडौंसहित १५ जिल्लामा बाढीको जोखिम


काठमाडौं-देशभर मनसुन सक्रिय भएसँगै बाढी–पहिरोका घटना समेत बढ्न थालेका छन्। आज (बुधबार) पनि देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन्। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज पनि बाढी पहिरोका घटनाबारे सचेत गराउँदै सूचना जारी गरेको छ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज आज काठमाडौँ, ललितपुर, भक्तपुर, बागलुङ, म्याग्दी, पर्वत, बैतडी, दार्चुला र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने उच्च सम्भावना छ।

संखुवासभा, ताप्लेजुङ, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुम पश्चिम, रोल्पा, सल्यान, प्युठान, जाजरकोट, कालिकोट, दैलेख, अछाम, सुर्खेत, डडेलधुरा, डोटी, बझाङ, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाव पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने देखिएको छ।

यस्तै आज झापा, इलाम, पाँचथर, सोलुखुम्बु, रामेछाप, भोजपुर, नुवाकोट, धादिङ, रौतहट, रुकुम पूर्व, दाङ, बर्दिया र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिम मात्र देखिएको बाढी महाशाखाले जनाएको छ । यीमध्ये बाढी महाशाखाले काठमाडौँसहित १५ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिएको छ।