अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालविरूद्ध अभिव्यक्ति दिएपछि रामकुमारी झाक्रीलाई सोधियो स्पष्टीकरण

माधव नेपालविरूद्ध अभिव्यक्ति दिएपछि रामकुमारी झाक्रीलाई सोधियो स्पष्टीकरण


काठमाडौं-नेकपा एकीकृत समाजवादी पार्टीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अभिव्यक्ति दिएपछि पार्टीकी स्थायी समिति सदस्य रामकुमार झाँक्रीलाई स्पष्टीकरण सोधिएको छ। 

केन्द्रीय अनुशासन आयोगका उपप्रमुख बालचन्द्र मिश्रले मंगलबार (असार १७ गते)को मितिले ३ दिनको समय दिएर स्पष्टीकरण सोधेका हुन्। 

नेतृ झाक्रीले असार १५ गते बुटवलमा आयोजित युवा संघको प्रशिक्षणमा अध्यक्ष माधवकुमार नेपाललाई लक्ष्य गर्दै अभिव्यक्ति दिनुभएकाे थियाे।उहाँले भन्नुभएकाे थियाे, ‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरू कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन’

पतन्जलीको जग्गा प्रकरणमा मुछिएका नेपाललाई विशेष अदालतले ३५ लाख धरौटीमा छाड्न आदेश गरेको छ। उनको सांसद पद पनि निलम्बनमा परेको छ।  

काभ्रेपलाञ्चोकमा पतञ्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीको नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेचको प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो।