अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महासचिव पोखरेलको दाबी : पार्टी विधानबाट दुई कार्यकाल र ७० वर्षे प्रवाधान दुवै हटाएको हो

महासचिव पोखरेलको दाबी : पार्टी विधानबाट दुई कार्यकाल र ७० वर्षे प्रवाधान दुवै हटाएको हो



काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा हाल चर्चामा रहेको दुई कार्यकालको कार्यकारी व्यवस्था र ७० वर्षे उमेर हद दुवै प्रावधान विधानबाट हटाइ सकिएको खुलासा गर्नुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले महाधिवेशनमा पारित बिधान र राष्ट्रिय महाधिवेशन पश्चात प्रकाशित विधानमा देखिएको अन्तरलाई आधार बनाएर विधानमा भइरहेको छलछाम भनेर गरिएको प्रचारप्रति पोखरेलले आपत्ती प्रकट गर्नुभएको छ ।
महासचिव पोखरेलले दुईवटा विधानमा देखिएको यस प्रकारको अष्पष्टतालाई व्याख्या गरेर स्पष्ट समेत पार्नुभएको छ । पोखरेलका अनुसार २०७८ भदौमा गोदावरीमा भएको पहिलो विधान महाधिवेशनमा पारित विधानलाई २०७८ मंसिरमा चितवनमा भएको १० औं राष्ट्रिय महाधिवेशनले ससोधन गरेको हो । मंसिर ८ गते मध्यरातमा सौराहामा बसेको केन्द्रीय कमिटी बैठकले विधानमा रहेको दुई कार्यकालको प्रावधान हटाउने र केन्द्रीय कमिटीको आकार बढाउने निर्णय गरेको पोखरेलले स्मरण गराउनु भएको छ । सो बैठकले विधान महाधिवेशनले निर्धारण गरेको १९९ सदस्यीय केन्दीय कमिटीको आकार बढाएर २९९ सदस्यीय बनाउने निर्णय गरेको थियो । सो निर्णयलाई पार्टी विधानमा समावेश गर्नका लागि मंसिर ११ गतेको बन्दसत्रमा पेश गरिएको थियो । महाधिवेशनको बन्दसत्रले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउन र दुई कार्यकालको प्रावधान हटाउने प्रस्ताव सर्वसम्मत पास गरेको थियो । ‘सोही संसोधित बिधानको व्यवस्था अनुरुप डा.पुष्प कडेल तेस्रो कार्यकालका लागि लेखा आयोगको अध्यक्षमा निर्वाचित हुनु भएको हो ’ महासचिव पोखरेलले लेख्नु भएको छ ।
७० वर्षे उमेरको हद नयाँ प्रवेशीलाई व्यवस्थापन गर्ने उद्धेश्यले सचिवालयको निर्णय प्रस्ताव मार्फत केन्द्रीय कमिटीबाट हटाइएको हो महासचिव पोखरेलले स्मरण गराउनु भएको छ ।