काठमाडौं-नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज (बिहीबार) बस्दैछ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ःबजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषय, पतञ्जलि जग्गा प्रकरणबारे छलफल हुने जनाइएको छ ।
बैठकमा अध्यक्ष माधव नेपाललाई लागेको भ्रष्टारचा मुद्दा (पतञ्जलि जग्गा प्रकरण) सहित समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। साथै अध्यक्ष नेपाललाई लक्ष्य गरेर पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले दिएको अभिव्यक्तिबारे पनि छलफल हुने छ। बुटवलमा पार्टी सम्बद्ध युवा संगठनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा झाँक्रीले ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भन्ने अभिव्यक्ति दिनुभएकाे थियाे।
पार्टी अनुशासन आयोगले झाँक्रीलाई तीन दिने स्पष्टीकरण समेत सोधेको छ। त्यसको समय पनि आज सकिँदैछ ।






प्रतिक्रिया