काठमाडौं-नेकपा एमालेका स्थायी समिति सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले विधान महाधिवेशन नीति र विधि बनाउने थलो भएकोले बहस अन्त नमोड्न आग्रह गर्नु भएको छ।
एमालेमा जारी नीति र नेतृत्वको बहसका सन्दर्भमा सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै नेता गौतमले यस्तो उल्लेख गर्नु भएको हो। गौतमले विधान महाधिवेशनबाट पारित विधि अनुसार राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयन हुने बताउनु भएको छ।
‘विधान महाधिवेशन: विधि र नीति निर्माण गर्ने थलो हो, नेतृत्व निर्माण गर्ने थलो होइन,’ गौतमले लेख्नुभएको छ, ‘पारित विधि र नीति अनुसार राष्ट्रिय महाधिवेशनबाट तत् अनुरूप नेतृत्व निर्माण गरिनेछ। बहसलाई अन्यत्र नमोडौं ।’






प्रतिक्रिया