मेड्रिड (स्पेन)-स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित नेपाली दूतावासको कार्यालयको निरीक्षण गर्नुभएको छ।
प्रधानमन्त्री ओलीलाई स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले स्वागत गर्दै कार्यालयको गतिविधिबारे अवगत गराउनुभएको थियो। स्पेनमा हाल करिव १५ हजार नेपाली विभिन्न पेसा व्यवसायमा कार्यरत छन्।
त्यस अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानीमन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो।
आजै प्रधानमन्त्री ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको अवलोकन भ्रमण गर्नुभएकाे थियाे। प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रङ्गशालाको भ्रमण गराउनुभएको हो। उहाँले आफू रियल मेड्रिडको फ्यान रहेको उल्लेख गर्दै सुविधासम्पन्न रङ्गशाला देखेर खुसी लागेको प्रतिक्रिया दिनुभयो।






प्रतिक्रिया