अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस सेन्टर रूकुम पूर्वकी नेतृ प्रेस चौतारीमा प्रवेश

प्रेस सेन्टर रूकुम पूर्वकी नेतृ प्रेस चौतारीमा प्रवेश



रूकुम पूर्व – प्रेस सेन्टर रूकुम पूर्वकी नेतृ टिका केसी प्रेस चौतारीमा प्रवेश गर्नु भएकाे छ । प्रेस सेन्टर सिस्ने गाउँपालिकाको सचिव रहेकी केसीलाई प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज गणेश आचार्यले आज प्रेस चौतारीमा स्वागत गर्नुभयाे । अखिल क्रान्तिकारीको जिल्ला कमिटि सदस्य समेत रहनु भएकी केसीले विज्ञप्ति जारी गर्दै माओवादी सबै जनसंगठन त्याग गर्दै प्रेस चौतारीमा प्रवेश गरेको घोषणा समेत गर्नुभएकाे छ । प्रेस सेन्टर परित्याग गरेकी केसीलाई प्रेस चौतारीमा उचित जिम्मेवारी दिइने आचार्यले बताउनुभयाे ।