अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष सिंहसहित ९ जनाविरुद्ध मुद्दा

धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष सिंहसहित ९ जनाविरुद्ध मुद्दा


धनुषा-धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष बद्री नारायण सिंहसहित ८ कर्मचारी र एक जना निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

गाउँपालिकामा आर्थिक वर्ष २०७७/०७८ मा बजार नाला तथा फोहरमैला व्यवस्थापन शीर्षकबाट बिना कुनै निर्णय बजार सेड निर्माण कार्यमा गोप्य रुपमा एउटै निर्माण व्यवसायीबाट तीनवटा निर्माण व्यवसायीको नामले टेन्डर भर्न लगाई कमिसन लिएको आरोपमा रु. ३१ लाख ३४ हजार ७७८ रुपैयाँ बिगो कायम गरी शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष सिंह, उपाध्यक्ष रामबति देवी मंडल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी, सब-इन्जिनियर छोटे मण्डल, तत्कालीन योजना शाखा प्रमुख ना.सु. नरेश कुमार मण्डल, लेखापाल राधेश्याम राय, तत्कालीन सह-लेखापाल बिनोद कुमार मण्डल तथा एकता सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रा.लि. धनौजी-१, धनुषा तथा उक्त कम्पनीका सञ्चालक ईन्द्रेश कुमार सिंहविरुद्ध मुद्दा दायर गरेको हो।

उनीहरूले बिना प्रतिस्पर्धा रु.१ को मात्रै फरक पारी एकता सप्लार्यससँग मिलेमतोमा सम्झौता गरी गुणस्तरहीन बजार सेड निर्माण गरेर काम भन्दा बढी नापी किताब तयार गरी भुक्तानी दिएर बजेट रकम हिनामिना गरेको जनाएको छ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७७/०७८ र आ.व. २०७८/०७९ मा संघीय सरकारबाट हस्तान्तरित विशेष अनुदानतर्फ बजार नाला तथा फोहोरमैला व्यवस्थापन शीर्षकमा क्रमश: ५० लाख र ४२ लाख रुपैयाँ विनियोजन भएको थियो।