अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस


 काठमाडौं-त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। उपकुलपति छनोट सिफारिस समितिले टुंगो लगाएका तीन जनाको नाम प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीलाई बुझाएको हो। तर तीन जनाको नाम भने सार्वजनिक गरिएको छैन।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको समितिको आइतबार बसेको बैठकले तीन जनाको नाम टुङ्गो लगाएको थियो। ती तिन जनाको नाम आज कुलपतिलाई बुझाइएको र चाँडै नै उपकुलपति नियुक्त हुने समिति स्रोतले जनाएको छ।

त्रिविको उपकुलपतिका लागि १२ जना प्रतिस्पर्धामा थिए। तीमध्ये तीन जनाको नाम छनोट गरिएको हो। कुलपति एवं प्रधानमन्त्री ओलीले जेठ ६ गते सहकुलपति एवं शिक्षामन्त्री पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए। समितिले १२ जनामध्ये पाँच जना प्राध्यापकको नाम पहिलो चरणमा छानेर छलफलपश्चात तीन जनाको नाम सिफारिस गरेको स्रोतको भनाइ छ।