अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वलाई भन्न सक्नुपर्छ- हात्ती चढेर गैँडा हेर्न आउनुस्: प्रधानमन्त्री ओली

विश्वलाई भन्न सक्नुपर्छ- हात्ती चढेर गैँडा हेर्न आउनुस्: प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक रुपमा सुन्दर, भौगोलिक रुपमा उर्बर, ज्ञान र संस्कृतिले सम्पन्न नेपालमा धेरै भन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचार-प्रसार गर्न आग्रह गर्नुभएकाे छ।

नेकपा (एमाले) को केन्द्रीय पर्यटन तथा नागरिक उडड्यन विभागद्वारा आज आयोजित ‘नेपालमाा पर्यटनः अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले नेपाल पर्यटन बोर्ड, पर्यटन विभागजस्त संस्थाबाट परम्परागत शैलीमा नभई आधुनिक (डिजिटल) शैलीमा नेपालका वैभव र रमणीय स्थलबारे आक्रामक प्रचा गर्न आग्रह गर्नुभएको हो।

‘हामीले विश्वलाई भन्न सक्नुपर्छ– बेस्सरी पैसा कमाएर मात्रै हुँदैन, वास्तविक जिन्दगी जिउनुपर्छ। साँच्चैको हिमाल कस्तो हुन्छ हेर्नुपर्छ। त्यहाँको चिसो कस्तो हुन्छ, थाहा पाउनुपर्छ।’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले विश्वलाई भन्न सक्नुपर्छ, हात्ति चढेर गैँडा हेर्दा थाहा हुन्छ। त्यकारण नेपाल भ्रमण गरौँ।’

प्रधानमन्त्री ओलीले पर्यटन पूर्वाधार विकासका लागि सरकारले प्राथमिकता दिएको जनाउँदै पर्यटनमैत्री वातावरणमा सरोकारवाला पक्षले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले धर्ममा विश्वास गर्ने नगर्ने मानिसहरुको स्वतन्त्र अधिकार भए पनि भगवान राम नेपालमा जन्मिएको र सीताको मरण यही भूमिका भएका जस्ता ग्रन्थहरुमा उल्लेखित कुराहरुलाई डिजिटल सामग्री बनाएर विश्वमाझ प्रचार प्रसार गर्न डर मान्नुनपर्ने स्पष्ट गर्नुभयो। ‘रामको पवित्र जन्मभूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छाैँ भने हामीले के गरी खान्छौँ ?’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विश्वामित्रले वाल्मीकिलाई हाम्रै कोशीपारी चतरा गाउँमा शिक्षा दिएका हुन्। राम-लक्ष्मणले अश्वमेघ घोडा यही भूमिमा छाडेका हुन्। दशरथ यहीँका हुन्। यही कुराहरु मैले भनेको होइन, ग्रन्थहरुमै उल्लेख छ। यस्ता विषयवस्तुलाई प्रचार गर्दा कुनै राजनीतिक दाउपेचको विषय बनाउनुु पर्दैन।’

प्रधानमन्त्री ओलीले ज्ञानको भूमि भएको, उर्बर भूमि रहेको, विद्वान पूर्खा भएको र पौरखी जनता भएको नेपाल विकसित नहुनुपर्ने कारण आफूले बुझ्न नसकेको बताउँदै दुनियाँमा काम गर्ने जाति भनेर चिनिएको देशका नेपालीले देश बनाउन बाह्य सहयोगको भर नपरी आफ्नै पौरख गर्न लाग्नुपर्ने बताउनुभयो।