अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीषण वर्षासँगै भोटेकोशीमा आएको बाढीले रसुवामा ब्यापक क्षति,मितेरी पुल भत्कियो,दजनौं गाडी बगायो

भीषण वर्षासँगै भोटेकोशीमा आएको बाढीले रसुवामा ब्यापक क्षति,मितेरी पुल भत्कियो,दजनौं गाडी बगायो


काठमाडौं- भीषण वर्षासँगैको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको बतानउभयो । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।
यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको समेत पौडेलले बताउनुभयो ।

ड्राइपोटमा काम गर्ने केही ड्राइभर, मजदुरलाई पनि बाढीले बगाएको हुनसक्ने भन्दै जानकारी आएको भएपनि हालसम्म पुष्टि भने हुन नसकेको बताउनुभयो । उहाँले समग्रमा क्षति ठूलो भएको भन्दै घटनास्थलमा पुगेर क्षतिको थप विवरण र सूचना संकलन गर्ने काम भइरहेको जानकारी दिनुभयो ।