अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोसी नदीमा आज बिहान आएको बाढीले बगाउँदा रसुवामा ११ जना बेपत्ता

भोटेकोसी नदीमा आज बिहान आएको बाढीले बगाउँदा रसुवामा ११ जना बेपत्ता


काठमाडौं- भोटेकोसी नदीमा आज बिहान आएको बाढीले बगाउँदा रसुवामा ११ जना बेपत्ता भएका छन्।

आज बिहान भोटेकोसी नदीमा एक्कासी ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो।

‘रसुवा भन्सार कार्यालयको यार्डमा पार्किङ गरेर राखेका गाडीमा रहेका ११ जना बाढीमा बेपत्ता भएको खबर आएको छ,’ उहाँले भन्नुभयो, ‘हामी बाढीमा फसेका र बेपत्ता भएका मानिसहरुको उद्धार र खोजी मा लागेका छौँ। क्षतिको विवरण संकलनको काम हुँदैछ।’