अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढीको क्षतिको स्थलगत निरीक्षणका लागि उपप्रधानमन्त्री पौडेल रसुवा जानुहुँदै

बाढीको क्षतिको स्थलगत निरीक्षणका लागि उपप्रधानमन्त्री पौडेल रसुवा जानुहुँदै


काठमाडौं – रसुवामा आएको बाढीका कारण रसुवागढीमा पुगेको क्षतिको स्थलगत निरीक्षण गर्न अर्थमन्त्री विष्णु पौडेल त्यता जाने हुनुभएको छ ।

अर्थमन्त्री पौडेल अर्थसचिव घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक महेश भट्टराईसहितको टोली रसुवा जान लाग्नु भएको हो ।
गएराति रसुवामा बाढी आउँदा कम्तिमा १८ जना बेपत्ता छन्, २ जनाको शव भेटिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले ९ जनाको उद्दार गरेका छन् । केहीबेरमा उपप्रधान तथा अर्थमन्त्री पौडेलको टोली रसुवातर्फ जाने तयारी गरेको उहाँको सचिवालयले जनाएको छ ।