अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसुवामा बाढी

प्रधानमन्त्री ओली रसुवाको बाढीग्रस्त क्षेत्र स्थलगत अवलोकन गर्न जानुहुँदै

प्रधानमन्त्री ओली रसुवाको बाढीग्रस्त क्षेत्र स्थलगत अवलोकन गर्न जानुहुँदै

अर्थमन्त्री पौडेल र गृहमन्त्री लेखक पनि जाँदै


काठमाडौं-गए राति रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो क्षति पुर्‍यएपछि प्रधानमन्त्री केपी शर्मा ओली सो स्थानको स्थलगत अवलोकन गर्न रसुवा जानुहुने भएकाे छ।

प्रधानमन्त्री ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक मंगलबार दिउँसो रसुवा जान लागेको गृह मन्त्रालयले स्रोतले जानकारी दिएको छ।

बालुवाटार स्रोतका अनुसार दुई वटा हेलिकोप्टरबाट क्षतिग्रस्त क्षेत्रमा प्रधानमन्त्री ओलीसहितको टोली जान लागेको हो।प्रधानमन्त्री ओली बालुवाटारबाटै हेलिकप्टरमा रसुवातर्फ जानुहुने छ भने अर्थमन्त्री र गृहमन्त्री अर्को हेलिकप्टरबाट रसुवा जानुहुने जनाएकाे छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू पनि रसुवा जाने कार्यक्रम छ। नेपाल-चीन नाकामा रहेको मितेरी पुल बाढीले बगाएको छ भने नेपालीसहित १८ जना नागरिकहरू सम्पर्कविहीन छन्।