काठमाडौं-नेपाली सेनाले रसुवागढी जलविद्युत् आयोजनामा फसेका २३ जनाको उद्धार गरेको छ।
नेपाल चीन सिमानाको लेन्डे खोला हुँदै भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारहरूलाई अन्य सुरक्षा निकाय र स्थानीयहरूको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सेनाले जनाएको छ।
सबै तस्बिर : नेपाली सेना










प्रतिक्रिया