काठमाडौं-गए राति रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो क्षति पुर्यएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सरकारी टोली सो स्थानको स्थलगत अवलोकन गर्न रसुवातर्फ प्रस्थान गरेको छ।
नेपाली सेनाको हेलिकप्टरबाट प्रधानमन्त्रीसहितको टोली मंगलबार अपराह्न रसुवागढीतर्फ प्रस्थान गरेको हो।
टोलीले घटनास्थलको अवलोकन पछि राहत, पुनर्स्थापना र पुनर्निर्माणबारे आवश्यक निर्णय गर्ने बताइएको छ।
नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो।
नेपाली सेनाले रसुवागढी जलविद्युत् आयोजनामा फसेका २३ जनाको उद्धार गरेको छ।
ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन सिमामा रहेको मितेरी पुल बगाएको छ। बाढीका कारण स्याँफ्रुबेँसी–रसुवागढी सडक ठाउँ ठाउँमा क्षति पुग्दा यातायात सेवा अवरुद्ध भएको छ। बाढीले एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको बाँधमा क्षति पुगेको छ भने टिमुरेस्थित भन्सार याड र त्यसभित्र रहेका मालवाहक ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ।






प्रतिक्रिया