काठमाडौं-रसुवाका बाढी प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री ओली त्यसतर्फ जानुभएको छ। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार अहिले केहीबेर अघि प्रधानमन्त्री रसुवातर्फ उड्नु भएको हो।
प्रधानमन्त्रीको साथमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेपालका लागि चीनका राजदुत, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, तीनवटै सुरक्षा निकायका प्रमुख लगायत हुनुहुन्छ।
गएराती भोटेकोशीमा बाढी आउँदा नेपाली र चीनियासहित १८ जना बेपत्ता छन्। सयभन्दा सवारी साधन बगाएको छ भने २०० मेघावाट क्षमताका विद्युत गृहहरुमा क्षति पुगेको छ।






प्रतिक्रिया