अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिपी राजमार्ग अवरूद्ध

बिपी राजमार्ग अवरूद्ध


काठमाडौं-काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ पिनथलीस्थित खहरे खोलामा गेग्रानसहितको बाढी आएपछि बिपी राजमार्ग पूर्णअवरूद्ध बनेको छ। उक्त खण्डमा बुधबार बिहानपख लेदोसहितको बाढी आएपछि काभ्रेतर्फ जाने सम्पूर्ण सवारी साधनलाई होल्डमा राखिएको सिन्धुली प्रहरीले जानकारी दिएको छ।

उक्त सडक अहिले सञ्चालन गर्ने प्रयास भइरहेको छ। गत असोज १० देखि १३ गतेसम्मको बाढीले बिपी राजमार्ग क्षतिग्रस्ता बनाएको थियो। उक्त सडक खण्डको १३ किलोमिटर भाग कटान नै गरेपछि बनाउने गरी ठेक्का आह्वान भएको छ। अहिले उक्त राजमार्ग अस्थायी तरिकाले सञ्चालन गरिँदै आएकोमा सडक खण्डका खोला, खोल्सीमा भेलबाढी आउने बित्तिकै गाडीहरूको आउजाउ रोकिने गरेको छ।