अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरेन्द्रनगरको ट्राफिक लाइट अब ट्राफिक प्रहरीकै जिम्मा

वीरेन्द्रनगरको ट्राफिक लाइट अब ट्राफिक प्रहरीकै जिम्मा



सुर्खेत- वर्षदिन अघि देखि जडान प्रक्रियामा रहेको सुर्खेतको वीरेन्द्रनगर स्थित वीरेन्द्रचौकको ट्राफिक लाइट अब ट्राफिक प्रहरीलाई नै हस्तान्तरण गरिएको छ ।
आज यहाँ आयोजित कार्यक्रममा नगरप्रमुख मोहनमाया ढकालले ट्राफिक प्रहरी कार्यलय सुर्खेतका प्रमुख वकिल सुनारलाई ट्राफिक लाइट हस्तान्तरण गर्नुभएको हो । प्रमुख ढकालले ट्राफिक लाइटको स्विच अन गरेर यसको सुरुवात पनि गर्नु भएको छ ।
वीरेन्द्रनगरमा बढ्दो सहरीकरणसँगै ट्राफिक लाइटको आवश्यकता बढेको उहाँले बताउनुभयो । कर्णाली प्रदेशको राजधानी भएसँगै यस ठाउँमा सवारी चाप उच्च भएकोले ट्राफिक लाइटको आवश्यकता भएको उहाँले बताउनुभयो । नगरपालिकाको प्राथमिकता सडक सुरक्षा पनि भएको र सवारी चालकलाई पनि सडक अनुशासन कायम गरेर आफ्नो र अन्य यात्रुको सुरक्षामा समेत धयान दिन प्रमुख ढकालले आग्रह गर्नुभएको छ ।
नगरपालिका भित्रको सवारी व्यवस्थापनका लागि मंगलगढी,एयरपोर्ट र दैलेख रोड,यरिचौकमा ट्राफिक लाइट जडानका लागि ठेक्का भइसकेको छ ।