काठमाडौँ-त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त हुनुभएकाे छ। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले अर्याललाई उपकुलपतिमा नियुक्त गर्नुभएकाे हाे।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्राडा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा. डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा. दिपक अर्याललाई सिफारिस गरेको थियो।
उपकुलपति प्राडा केशरजङ्ग बरालले २०८२ चैत २८ गते दिएको राजीनामा स्वीकृतपछि चैत ३१ गते विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिनुभएकाे थियाे ।







प्रतिक्रिया