काठमाडौं-नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले केही सांसदहरूले भाइरल बन्नको लागि संसद्मा गलत कुराको प्रचार गरिरहेको आरोप लगाउनु भएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै मुख्य सचेतक बर्तौलाले रास्वपाको सांसदहरूलाई लक्षित गर्दै यस्तो टिप्पणी गर्नुभएको हो।
मुख्य सचेतक बर्तौलाले भन्नुभयो, ‘संसद्मा यस्ता हावादारी कुरा गर्ने, हरेक दिन, हरेक बैठकमा दूषित समाचार सम्प्रेषणको स्रोत संसद् बनाउन खोजिँदै छ ।’
मुख्य सचेतक बर्तौलाले यसबारे सभामुख देवराज घिमिरेको पनि ध्यानाकर्षण गराउनुभयो।







प्रतिक्रिया