अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको भ्रमणबारे असत्यका पुलिन्दा बाँध्ने काम भयो: गृहमन्त्री लेखक

प्रधानमन्त्रीको भ्रमणबारे असत्यका पुलिन्दा बाँध्ने काम भयो: गृहमन्त्री लेखक


काठमाडौँ-गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणबारे केहीले असत्यका पुलिन्दा बाँध्ने काम गरिरहेको बताउनुभएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री लेखकले प्रधानमन्त्रीसँग विदेश भ्रमणबारे पुलिन्दा बाँध्ने काम भइरहेको बताउनु भयो।

‘प्रधानमन्त्रीको भ्रमणमा जानेहरू नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरेर मात्रै जान्छ। त्यो कुरा सार्वजनिक हुन्छ। को-को मानिस सम्माननीय प्रधानमन्त्रीसँग विदेश जानुभएको छ भन्ने लिष्ट हुन्छ,’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘यहाँहरूलाई के आग्रह गर्न चाहन्छु भने को को मान्छे जानु भएको थियो, त्यसमध्ये को फर्किएर आएन भन्दिनुभयो भने सरकारलाई सजिलो हुन्थ्यो भन्ने मेरो आग्रह छ। होइन भने यस्ता कल्पनामा असत्यका पुलिन्दा बाँधेर कहीँ पुगिँदैन।’

गृहमन्त्री लेखकले सांसदहरूले जिम्मेवार ढङ्गले सत्य तथ्य सूचना संसद्मा बोल्नुपर्ने बताउनुभयाे । सांसदले जुनसुकै विषयको पनि सामान्य जानकारी राख्न पर्ने गृहमन्त्री लेखकको भनाइ छ।