अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सोवितालाई गृहमन्त्री लेखकले सोध्नुभयोः प्रधानमन्त्रीसँग स्पेन गएका को-को फर्किएनन् ?   

सोवितालाई गृहमन्त्री लेखकले सोध्नुभयोः प्रधानमन्त्रीसँग स्पेन गएका को-को फर्किएनन् ?   


काठमाडौं-गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएका को-को फर्किएका छैनन्, त्यसबारे सरकारलाई जानकारी दिन आग्रह गर्नुभएको छ। 

प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै स्पेन भ्रमणमा गएका मानिसहरू नफर्किएको भन्दै  आरोप लगाउनुभएपछि संसद्‍मा उठेका विषयमा जवाफ दिँदै गृहमन्त्री लेखकले सो बारे जानकारी दिन आग्रह गर्नुभएको हो।

गृहमन्त्री लेखकले प्रधानमन्त्रीको भ्रमणबारे केहीले असत्यका पुलिन्दा बाँध्ने काम गरिरहेको पनि बताउनु भयो।

‘प्रधानमन्त्री ओली स्पेनको भ्रमणमा जानुभयो, उहाँसँग गएका मान्छे उतै गए भन्ने पनि कुरा उठेको छ,’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘हामीले कुनै पनि कुराको न्यूनतम जानकारी राख्नुपर्छ र सम्मानित सदनमा अत्यन्त जिम्मेवार भएर विषयवस्तुलाई मर्यादित भएर राख्दा राम्रो हुन्छ।’

गृहमन्त्री लेखकले प्रधानमन्त्रीसँग विदेश भ्रमणबारे पुलिन्दा बाँध्ने काम भइरहेको बताउनुभयो।

‘प्रधानमन्त्रीको भ्रमणमा जानेहरू नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरेर मात्रै जान्छ। त्यो कुरा सार्वजनिक हुन्छ। को(को मानिस सम्माननीय प्रधानमन्त्रीसँग विदेश जानुभएको छ भन्ने लिष्ट हुन्छ,’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘यहाँहरूलाई के आग्रह गर्न चाहन्छु भने को को मान्छे जानु भएको थियो, त्यसमध्ये को फर्किएर आएन भन्दिनुभयो भने सरकारलाई सजिलो हुन्थ्यो भन्ने मेरो आग्रह छ। होइन भने यस्ता कल्पनामा असत्यका पुलिन्दा बाँधेर कहीँ पुगिँदैन।’