दैलेख-नेकपा एमाले दैलेखले प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएको छ। एमाले दैलेखको बुधबार पार्टी कार्यालयमा बसेको बैठकले दैलेखको जलजलेमा निस्केको मिथेन ग्यास उत्खनन र अनुसन्धान गर्न प्रधानमन्त्री केपी शर्माले नेतृत्व गरेको भन्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएको हो।

दैलेखको जलजलेमा निस्केको मिथेन ग्यास उत्खनन र अनुसन्धान गर्न प्रधानमन्त्री केपी शर्माले नेतृत्व गरेको भन्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद व्यक्त गरेको गरेको नेकपा एमाले दैलेखका अध्यक्ष सूर्यबहादुर शाहीले जानकारी दिनुभयो । यसैगरी, बैठकले २०८२ को नवीकरण, नयाँ आवेदनको सिफारिस सबै प्रदेशमा पठाउने देखि पार्टीले वडा केन्द्रित काममा भए गरेका सबै कामको समिक्षासहित आवश्यक निर्णय गरेको गरेको अध्यक्ष शाहीले ब बताउनुभयो। उहाँले जिल्लाको विकासका लागि एमालेले पुर्याएको योगदान महत्वपूर्ण भएको बताउनु भयो।
सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गरिदिने समझदारी भएको थियो। चाइना जिओलोजिकल सर्भेको अध्ययनले दैलेखको भैरवी गाउँपालिकास्थित जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास भण्डारण रहेको देखाएको हो।
यस्तै असार २३ गते भोटकोशी, रसुवागढी लगायत विभिन्न ठाउँमा आएको बाढिमा मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उद्दार कार्यमा सरकारले देखाएको सक्रियताको प्रसंसा पनि बैठकले गरेको छ। बैठक जिल्ला पार्टी अध्यक्ष सूर्यबहादुर शाहीको अध्यक्षता र कर्णाली प्रदेश कमिटी उपसचिव रविन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा बसेको हो।
दैलेखको जलजलेमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासभण्डार रहेको पुष्टि भएको छ । अनुसन्धानको नेतृत्व गरेको चिनियाँ जिओलोजिकल सर्भे कम्पनीले मिथेन ग्यास रहेको पुष्टिसहितको प्रतिवेदन नेपाल सरकारलाई बुझाइ सकेको छ।
जिल्लाका अन्य तीन स्थानमा पनि ३ अर्ब १८ करोड घनमिटर मिथेनको भण्डार रहेको कम्पनीको अनुमान छ । चारै ठाउँको अनुमानित कुल चार अर्ब ३० करोड घटमिटर उत्खनन गर्न सके नेपाललाई ५० वर्षका लागि ग्यास पुग्ने चिनियाँ विज्ञहरूले निष्कर्ष निकालेको छ।
चिनियाँ कम्पनीले जलजलेमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि चार हजार १३ मिटरको गहिराइमा खनेर संकलित नमुनाको परीक्षण गरेको थियो ।






प्रतिक्रिया