काठमाडौं- नेकपा एमालेले आगामी भदौको अन्तिम साता हुने विधान महाधिवेशनको तयारीका लागि जनसंगठनकाे भेला बोलाएको छ ।
संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार अहिले बिहान साढे ७ बजे देखि पार्टी केन्द्रीय कार्यलय च्यासलमा भेला बोलाइएको हो । भेलामा सबै २३ वटै जनसंगठनका इन्चार्ज र अध्यक्ष सहित सबै पदाधिकारीहरुला ।
ढकालले जनाए अनुसार भदौको २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारीका लागि जनसंगठनको कामको प्रकृति अनुसार विविध जिम्मेवारी प्रदान गरिनेछ । भेलालाई महासचिव शंकर पोखरेलले विशेष निर्देशन गर्नुहुने छ ।






प्रतिक्रिया