अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुईदिन देखि बेपत्ता थवाङका सबै कर्मचारी सम्पर्कमा

दुईदिन देखि बेपत्ता थवाङका सबै कर्मचारी सम्पर्कमा


काठमाडौं- दुईदिन देखि हराइरहेका रोल्पाको थबाङ गाउँपालिकाका सात कर्मचारी सम्पर्कमा आएका छन् । प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालका अनुसार उनीहरू सबै सम्पर्कमा आएका छन् ।

“मैले हिजो राति १० बजेतिर सम्पर्क गर्दा प्रमुख प्रशासकीय अधिकृतसँग कुरा भएको थियो,” प्रमुख जिल्ला अधिकारी दाहालले बाह्रखरीसँग भने, “सकुशल छौँ, लिवाङ आउँदैछौँ भन्नु भएको छ । बिहान पनि सम्पर्क भएको छ । हामी काम सकेर फर्किंदै छौँ भन्नुभएको छ ।”

२३ गते साँझ देखि कार्यलयको काम गर्नका लागि मोवाइलको नेटवर्क भएन भनी हिडेका उनीहरु हिजो दिनभरी पनि सम्पर्कमा नआएपछि गाउँपालिकाले सुचना जारी गरेर उनीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको थियो ।