अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसको इतर समूहले अनुशासन समितिको निर्णय नमान्ने

कांग्रेसको इतर समूहले अनुशासन समितिको निर्णय नमान्ने


काठमाडौँ-नेपाली कांग्रेसको डा. शेखर कोइरालाले नेतृत्व गरेको इतर समूहले केन्द्रीय अनुशासन समितिले नेता-कार्यकर्ताहरूमाथि गरेको कारबाही अवैधानिक र विधिसम्मत नभएको निष्कर्ष निकालेको छ। अनुशासन समितिले बुधबार २३ नेतालाई कारबाही गरेको थियो।

आज बिहान डा. कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा बसेको इतर समूहका नेताहरूको बैठकले अनुशासन समितिले पार्टी नियमावली विपरीत कारबाही गरेको भन्दै नमान्ने निर्णय गरेको हो। बैठकमा सहभागी नेता राजेन्द्र बजगाईले पार्टी विधानले उजुरी परेको ६ महिनाभित्र कारबाही गरिसक्नु पर्नेमा सो अनुसार नभएको बताउनुभयो।

उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य सञ्जय गौतमलगायत काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरू सहभागी बैठकले कारबाही विधानविपरीत र एकातर्फ भएको निष्कर्ष निकालेको एक स्रोतले बताए ।