काठमाडौं-काठमाडौंको बौद्धमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ। बिहीबार अपराह्न ४ बजेतिर काठमाडौं महानगरपालिका-६ चेमजुङ गल्लीमा रहेको साढे तीन तले घरको भुइँ तलामा आगलागीमा परी काभ्रे चौरीदेउराली–३ घर भएकी ६५ वर्षीया उर्मिला तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक शारीरिक रुपमा अशक्त रहेको र कोठामा आगलागी भएपछि जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। आगलागीबाट झ्याल ढोका, लत्ता कपडा पूर्ण रुपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ।
तामाङ बस्ने कोठामा आगलागी भएको खबरपछि प्रहरी र स्थानीय खटिएका थिए। सवा ४ बजेतिर उक्त कोठामा लागेको आगो नियन्त्रणमा लिइएको थियो।







प्रतिक्रिया