अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सूचना प्रविधिको विकासले कतिपय राम्रा सांस्कृतिक मूल्य मान्यताहरु भत्काएको छ: भानुभक्त ढकाल

सूचना प्रविधिको विकासले कतिपय राम्रा सांस्कृतिक मूल्य मान्यताहरु भत्काएको छ: भानुभक्त ढकाल


काठमाडौं-नेकपा (एमाले का स्थायी कमिटिी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पछिल्लो समय सूचना प्रविधिको तीव्र विकासले नेपाली समाजका कतिपय गहिरा मूल्य, मान्यता, संस्कार र संस्कृतिमा गम्भीर असर परेको टिप्पणी गर्नुभएको छ।

बिहिबार नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत महिला विभागले नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा आयोजना गरेको गुरु पूर्णिमा तथा डकुमेन्ट्री प्रर्दशन कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले सांस्कृतिक र पारिवारिक परम्पराहरू भत्किँदै गइरहेको उल्लेख गर्नु भएको हो। उहाँले भन्नुभयो ‘समाजमा तीव्र प्रविधि विकाससँगै हाम्रो मौलिकता, अनुशासन र गुरु-चेला सम्बन्धमा आएको विचलन चिन्ताजनक छ,’ उहाँले थप्नुभयो यस्ता मूल्य मान्यताहरूको जगेर्ना गर्नु अहिलेको आवश्यकता रहेको छ।

नेता ढकालले पूर्वीय दर्शनमा गुरु र चेलाको सम्बन्धलाई अनुशासन, श्रद्धा र ज्ञानको माध्यमका रूपमा चित्रण गरिएको उल् लेख गर्दै वर्तमान पुस्तामा तिनको कमी देखिएकोमा चिन्ता व्यक्त गर्नुभयो। उहाँले थप्नुभयो, ‘नेताको भाषणभन्दा सामाजिक जागरणको गीतले जनमानसमा प्रभाव पार्न सक्छ,’ सामाजिक रूपान्तरणमा कला, साहित्य र संस्कृतिको भूमिकालाई विशेष महत्व दिनुभयो। उहाँले भन्नु भयो ‘कम्युनिष्ट आन्दोलन नेपालमा स्थापित गर्न यिनै सांस्कृतिक माध्यमहरू प्रभावशाली अस्त्र बनेका थिए।’

उहाँले महिलाहरुलाई नेतृत्व तहमा लैजान नेकपा (एमाले) को प्रयास सकारात्मक भएको र यसमा महिलाहरु आफै पनि अग्रसर हुनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा जनसांस्कृतिक महासंघकी अध्यक्ष भूमिका सुब्बा लिम्बूले महिला विभागद्वारा आयोजित यस कार्यक्रममा पुरानो परम्परालाई निरन्तरता दिइएकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ संगीतकार श्रीराम आचार्यलाई सम्मान गरेर सांगीतिक क्षेत्रप्रतिको योगदानको कदर गरिएको थियो । त्यस्तै, चित्रकलामा उत्कृष्ट पाँच जना विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा सवनम मुख्यिद्वारा निर्माण गरिएको सामाजिक सन्देशमूलक डकुमेन्ट्री ‘डियर अफ फियर (डरको आँशु)’ पनि प्रर्दशन गरिएको थियो ।